बैंकिङ्ग कसुरमा संलग्न बुढाथोकी कारागार चलान

0
Shares

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ्ग कसुरमा संलग्न राजेन्द्र बुढाथोकीलाई गोलढुंगाबाट पक्राउ गरेको छ।

राजेन्द्र बुढाथोकीले व्यवसाय गर्न भनी मधु बुढाथोकीबाट ५ लाख लिएर पैसा नभएको बैंक अफ काठमाण्डूको चेक दिएर नसाटिएपछि सीआईबीले काठमाडौं गोलढुंगाबाट बुढाथोकीलाई सोमबार पक्राउ गरेको थियो। सो पश्चात माघ १४ गते मंगलबार बुढाथोकीलाई केन्द्रीय कारागार चलान गरिएको हो।

आफुलाई दिएको चेक नसाटिएपछि मधु बुढाथोकीले सीआईबीमा उजुरी गरेकी थिइन्। उच्च अदालत पाटनले राजेन्द्र बुढाथोकी विरुद्ध असोज २८ मा ५ लाख जरिवाना र १५ दिन कैदको सजाय सुनाएको थियो। तर उनी फरार हुँदै आएका थिए।