दुई इन्स्योरेन्स कम्पनीको बोनसमा सेयर मूल्य समायोजन

0
Shares

दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैशाख ६ गते बिहीबार कारोबार भएको अन्तिम मूल्यमा प्रस्तावित बोनस सेयर समायोजन गरी नयाँ भाउ तोकेको हो ।

नेप्सेले सूर्याज्योति लाइफ इन्स्योरेन्सको चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता ४५७ रुपैयाँ ७४ पैसा भाउ निर्धारण गरेको छ । बिहीबार सूर्यज्योति लाइफको सेयर दोस्रो बजारमा प्रतिकित्ता ५०४ रुपैयाँ ७० पैसामा खरिद बिक्री भएका थियो ।

यसैगरी प्रभु इन्स्योरेन्सको चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता ७३७ रुपैयाँ ४७ पैसा तोकिएको छ । बिहीबार प्रभु इन्स्योरेन्सको सेयर दोस्रो बजारमा प्रतिकित्ता ७७२ रुपैयाँ ५० पैसामा खरिद बिक्री भएका थियो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुबै इन्स्योरेन्सहरु कम्पनीले बैशाख ७ गते शुक्रबार बुकक्लोज गरेका हुन् । बुकक्लोजसँगै मूल्य सभायोजना गरिएको हो । यससँगै दुबै कम्पनीको सेयर आइतबार समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कारोबार खुल्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।