थप चार विकास बैंकको वित्तीय विवरण सार्वजनिक

0
Shares

थप तीन विकास बैंकको चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएको छ । शुक्रबारसम्म ११ ओटा विकास बैंकले वित्तीय विवरण सार्वजनिक गरेकोमा नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकको पनि वित्तीय विवरण सार्वजनिक गरेका हुन् । अब कर्णाली डेभलपमेन्ट बैंकको मात्र बाँकी छ ।

सार्वजनिक वित्तीय विवरण अनुसार सप्तकोशी डेभलपमेन्ट बैंकले २०८० चैतसम्म सबैभन्दा धेरै ५ करोड ३७ लाख ४१ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । यस्तै एक्सेल डेभलपमेन्ट बैंकले ५ करोड ३७ लाख ४१ हजार रुपैयाँ र नारायणी डेभलपमेन्ट बैंक चैत मसान्तसम्म ४२ लाख ७१ हजार रुपैयाँ नोक्सानीमा पुगेको छ । यस अवधिमा कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा ८७ लाख २४ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आव २०७९–८० को सोही अवधिमा एक्सेल डेभलपमेन्ट बैंकको नाफा ४ करोड ४९ लाख ५७ हजार रुपैयाँ र ग्रीन डेभलपमेन्ट बैंक २०७९ चैत मसान्तसम्म १ करोड ३० लाख ३७ हजार रुपैयाँ नाफामा थियो । यस्तै सो अवधिमा सप्तकोशी डेभलपमेन्ट बैंक २७ करोड ४९ लाख ५० हजार रुपैयाँ र नारायणी डेभलपमेन्ट बैंक ३ करोड २९ लाख १० हजार लाख रुपैयाँ नोक्सानीमा थियो ।

अघिल्लो चैतको तुलनामा नारायणी डेभलपमेन्ट बैंकको खुद नाफा ८७.०२, कर्पोरेट डेभलपमेन्ट बैंकको ३३.०८, सप्तकोशी डेभलपमेन्ट बैंकको ७३.४१ र एक्सेल डेभलपमेन्ट बैंकको खुद नाफा २१९.५४ प्रतिशतले घटेको हो ।

वित्तीय विवरण सार्वजनिक गरेका ११ विकास बैंकको यस्तो छ प्रगति

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।