नागबेली लघुवित्तको नाफामा उच्च वृद्धि, प्रति शेयर आम्दानी २६.५५ रुपैयाँँ

0
Shares

नागबेली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड २२ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत बर्षको यसै अवधिको तुलनामा १०७.८१ प्रतिशतले बढेको हो ।

गत आर्थिक बर्षको यसै अवधिमा लघुवित्तले एक करोड ७ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी उच्चदरले बढेपछि कम्पनीको संचालन नाफा तथा खुद नाफा पनि उच्च रुपमा बढेको हो ।

पुस मसान्तसम्म ३८ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले १ अर्ब १२ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा ५६ करोड ३७ लाख सापट लिएको छ । यसबाट लघुवित्तले ५ करोड ८८ लाख खुद ब्याज आम्दानी गरेको छ ।

संस्थाको चुक्ता पूँजी १६ करोड ७६ लाख रुपैयाँ रहेको छ भने, रिजर्भ कोषमा ९ करोड ८१ लाख ३४ हजार रुपैयाँ छ । लघुवित्तको नाफा उच्च दरले बढ्दा प्रतिशेयर आम्दानीमा समेत सुधार आएको छ । लघुवित्तको प्रति शेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १९७ रुपैयाँ ८० पैसा छ ।

कम्पनीले खराब कर्जाको आकार ४.८१ प्रतिशतबाट घटाएर १.९४ मा झारेको छ ।कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।