सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा दोब्बर, खराब कर्जा भने बढ्यो

0
Shares

सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले एक करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

समीक्षा अवधिमा बैंकको नाफा १०१.७१ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकको वितरण योग्य नाफा २ करोड ४ लाख रुपैयाँ छ ।

चुक्ता पूँजी ७८ करोड ७१ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९ करोड ९६ लाख तथा रिर्टेन अर्निङमा ५ करोड ५६ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा २ अर्ब ७६ करोड निक्षेप संकलन गरेको बैंकले २ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७३ पैसा, प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ७३ पैसा, निष्कृय कर्जा अनुपात २.१५ प्रतिशत र मूल्य आम्दानी अनुपात १७.८६ गुणा छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजी ७८ करोड ७१ लाख रुपैयाँको ६ प्रतिशतले हुन आउने ४ करोड ७२ लाख २६ हजार ७०३ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।