आईपीओ बिक्री गर्ने प्रक्रियामा रहेको अजोड इन्स्योरेन्सको यस्तो छ प्रगति विवरण

0
Shares

अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ। जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ८७ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्स्योरेन्सले एक करोड २३ लाख नाफा कमाएको थियो ।

कम्पनीले पुस मसान्तसम्म ४० करोड ६५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरि ११ करोड ३ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीको दावी भुक्तानी हुन बाकी रकम भने ३ करोड ५७ लाख रुपैयाँ छ । कम्पनीले पुस मसान्तसम्म ५२ हजार ९५४ बीमा लेख जारी गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ भने २ करोड ७९ लाख रुपैयाँ जगेडा कोषमा रहेको छ । बीमा कोषमा ४ करोड २१ लाख तथा महा विपत्तीकोषमा ५१ लाख रोखेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३१ पैसा, प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ७६ पैसा छ ।

अजोड इन्स्योरेन्सले आईपीओ निष्कासन प्रक्रिया अघि बढाएको छ । इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता प्राथमिक शेयर जारी गर्नेछ ।

गत पुस ११ गते सम्पन्न कम्पनीको दोस्रो बार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको थियो । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्ने छ ।