सारथी र घरेलु लघुवित्तको यस्तो छ प्रगति

0
Shares

बुधबार नेप्सेमा सूचीकृत नरहेका दुई लघुवित्त कम्पनीहरु सारथी र घरेलुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन्।

पुस मसान्तसम्ममा सारथी लघुवित्तले ३ करोड ११ लाख रुपैयाँ र घरेलु लघुवित्तले १२ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
यस अवधिमा घरेलुको वार्षिक प्रतिशेयर आम्दानी ५६.४६ रुपैयाँ र सारथीको वार्षिक प्रतिशेयर आम्दानी ३.६१ रुपैयाँ कायम भएको छ।

सारथी लघुवित्तको पुस मसान्तसम्ममा चुक्ता पूँजी ११ करोड ४ लाख २५ हजार रुपैयाँ र जगेडा कोषमा ४ करोड ६२ लाख १२ हजार रुपैयाँ सञ्चित रहेको छ। यस्तै घरेलु लघुवित्तको चुक्ता पूँजी ७ करोड ३ लाख ५० हजार रुपैयाँ र जगेडा कोष २१ लाख ४५ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

चालु आवको ६ महिना अवधिमा सारथीले ३४ करोड ३७ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन तथा ८८ करोड ७७ लाख ९२ हजार सापटीबाट १ अर्ब २८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।

यस्तै घरेलुले भने यस अवधिमा ३१ करोड रुपैयाँ निक्षेप संकलन तथा १४ करोड २३ लाख ७ हजार सापटीबाट १८ करोड रुपैयाँ ८२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

सारथी लघुवित्तको खराब कर्जा अनुपात ०.२५ प्रतितश र घरेलुको खराब कर्जा अनुपात शुन्य रहेको छ । घरेलु लघुवित्तको काभ्रे बनेपा र सारथी लघुवित्तको केन्द्रीय कार्यालय दमौली तनहुँमा रहेको छ।