नौ महीनामा ३० अर्ब निर्जीवन बीमाशुल्क संकलन, शिखर इन्स्योरेन्स शीर्ष स्थानमा

0
Shares

निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्ममा २९ अर्ब ९९ करोड ७६ लाख ८६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

गत आवको सोही अवधि (९ महीना) मा ३० अर्ब १ करोड ४८ लाख ४० हजार रुपैयाँ कुल बीमा शुल्क उठाएका थिए । समीक्षा अवधिमा निर्जीवन बीमाशुल्क ०.०६ प्रतिशत अर्थात १ करोड ७१ लाख ५२ हजार रुपैयाँले कुल बीमा शुल्क संकलन घटेको हो । सञ्चालनमा रहेका १४ निर्जीवन बीमकमध्ये १० ओटाको बीमाशुल्क बढेको भएपनि चार कम्पनीको घट्दा कुल संकलित बीमाशुल्क घटेको हो ।

नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको चैत महिनासम्मको विवरण अनुसार निर्जीवन बीमा कम्पनीहरुले २१ लाख ९३ हजार ५४७ ओटा बीमालेख जारी गरेर ३० अर्ब बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये चैत महीनामा मात्रै २ लाख ७६ हजार ८८१ ओटा बीमालेख जारी गरेर ३ अर्ब ८३ करोड २६ लाख १३ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको हो ।

आर्थिक वर्ष २०७९–८० को ९ महीना अवधिमा २१ लाख ६६ हजार ३२८ ओटा बीमालेख जारी गरेर ३० अर्ब १ करोड ४८ लाख ४० हजार रुपैयाँ कुल बीमा शुल्क संकलन भएको थियो । विसं २०७९ चैतमा २ लाख ८९ हजार ८८३ ओटा बीमालेख जारी गरेर ४ अर्ब १४ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको थियो ।

चार ओटाको व्यवसाय संकुचित हुँदा दश कम्पनीको व्यवसाय बढ्यो

नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको चैत महिनासम्मको विवरण अनुसार २०७९ चैतसम्मको तुलनामा २०८० चैतसम्मको अवधिमा सरकारी लगानी रहेको राष्ट्रिय बीमा कम्पनीको सर्वाधिक ३४.५२ प्रतिशतले घटेको छ ।

यसैगरी यूनाइटेड अजोड इन्स्योरेन्सको १७.४५ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १३.१८ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.४८ प्रतिशतले घटेको हो ।

यस्तै तथ्याङ्क अनुसार दि ओरियन्टल इन्स्योरेन्सको सर्वाधिक ४१.३८ प्रतिशतले बीमाशुल्क संकलन बढाएको छ । यस्तै प्रभु इन्स्योरेन्सको १४.८९ प्रतिशत, नेशनल इन्स्योरेन्सको १४.५२ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ११.०७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा ६ ओटा निर्जीवन बीमकको व्यवसाय एकल बिन्दुको प्रतिशतमा वृद्धि भएको छ । यस अवधिमा सानिमा जीआईसी इन्स्योरेन्सको ७.७१ प्रतिशतले वृद्धि हुँदा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ७.०१ प्रतिशत, नेको इन्योरेन्सको ५.७८ प्रतिशत, शिखर इन्स्योरेन्सको १.७० प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.४९ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.२३ प्रतिशतले बढेको छ ।

मर्जरमा गएका कम्पनीभन्दा शिखर इन्स्योरेन्स अब्बल

चैत मसान्तसम्मको व्यवसायका आधारमा शिखर इन्स्योरेन्सले सबै निर्जीवन बीमा कम्पनीलाई पछाडि पार्दै शीर्ष स्थानमा उभ्याएको छ। बीमा प्राधिकरणको पुँजी वृद्धि नीति अङ्गिकार गरेर १२ ओटा निर्जीवन बीमा कम्पनी मर्जरमा गई ६ ओटा कायम भएका थिए । ती कम्पनीहरुभन्दा मर्जरमा नगएको शिखर इन्स्योरेन्स व्यवसायमा अब्बल देखिएको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा शिखर इन्स्योरेन्स एक्लैले कुन निर्जीवन व्यवसायको १४ प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको छ । चैत मसान्तसम्म शिखरले ४ अर्ब २२ करोड ५५ लाख ५६ हजार रुपैयाँ संकलन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले ३ अर्ब ५३ करोड ३० लाख ३३ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

यसैगरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको कुल संकलित बीमाशुल्क २ अर्ब ८९ करोड ४ लाख ५७ हजार रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २ अर्ब ६४ करोड २लाख ९८ हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ५४ करोड ८९ लाख ७३ हजार रुपैयाँ र नेको इन्स्योरेन्स इन्स्योरेन्सले चैत मसान्तसम्ममा २ अर्ब ३९ करोड ३९ लाख ८५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

Non Life Insurance Premium collection Till Chaitra 2080 (in Lakh)
Non Life Insurance 2080-81 Q3 2079-80 Q3 Change %
Oriental Insurance Company  15183.05 10739.22 41.38
Prabhu Insurance  13268.41 11549.13 14.89
National Insurance Company  8741.08 7632.72 14.52
Himalayan Everest Insurance Limited 25489.73 22949.28 11.07
Sanima GIC Insurance Limited 17821.94 16546.83 7.71
IGI Prudential insurance Limited 26402.98 24673.34 7.01
Neco Insurance   23939.85 22631.09 5.78
Shikhar Insurance   42255.56 41548.57 1.70
Sagarmatha Lumbini Insurance Co. Limited 35330.33 34813.07 1.49
NLG Insurance Company  18336.1 18112.68 1.23
Nepal Insurance  11454.69 11510.47 -0.48
Siddhartha Premier Insurance Limited 28904.57 33525.16 -13.78
United Ajod Insurance Limited 19783.95 23964.79 -17.45
Rastriya Beema Company Limited 13064.62 19952.03 -34.52
Total 299976.86 300148.38 -0.06

 

प्राधिकरणको तथ्यांक अनुसार चैत मसान्तसम्ममा यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ९७ करोड ८३ लाख ९५ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ८३ करोड ३६ लाख १० हजार रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब ७८ करोड २१ लाख ९४ हजार रुपैयाँ र भारतीय लगानी रहेको दि ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ९७ करोड ८३ लाख ९५ हजार रुपैयाँ बीमाशुल्क उठाएको छ । दि ओरियन्टल इन्स्योरेन्सले निर्जीवन बीम कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिशतको ग्रोथ गरेको हो ।

समीक्षा अवधिमा प्रभु इन्स्योरेन्सले १ अर्ब ३२ करोड ६८ लाख ४१ हजार रुपैयाँ बीमाशुल्क संकलन गर्दा राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३० करोड ६४ लाख ६२ हजार रुपैयाँ र नेपाल इन्स्योरेन्सले चालु आवको ९ महीना अवधिमा १ अर्ब १४ करोड ५४ लाख ६९ हजार रुपैयाँ बीमाशुल्क उठाएको छ ।

यसैगरी चैतसम्म सबैभन्दा कम व्यवसाय नेशनल इन्स्योरेन्सले गरेको छ । उक्त कम्पनीले चैत मसान्तसम्ममा ८७ करोड ४१ लाख ८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।