नौ महीनामा १ खर्ब १० अर्ब जीवन बीमाशुल्क संकलन, नेपाल लाइफले संकलन गर्यो सर्वाधिक

0
Shares

 

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्ममा १ खर्ब १० अर्ब ८ करोड २७ लाख ५६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

गत आवको सोही अवधि (९ महीना) मा १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख २१ हजार रुपैयाँ कुल बीमा शुल्क उठाएका थिए । समीक्षा अवधिमा जीवन बीमाशुल्क ५.११ प्रतिशत अर्थात ५ अर्ब ३४ करोड ७९ लाख ३५ हजार रुपैयाँले कुल बीमा शुल्क संकलन बढेको हो । सञ्चालनमा रहेका १४ जीवन बीमकमध्ये तीन कम्पनीको घटेपनि ११ कम्पनीको बीमाशुल्क बढेपछि कुल संकलित बीमाशुल्क बढेको हो ।

नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको चैत महिनासम्मको विवरण अनुसार जीवन बीमा कम्पनीहरुको कुल सक्रिय बीमलेख संख्या १ करोड ३८ लाख ३२ हजार ६०१ ओटा छ । गत आवको चैत महीनासम्म जीवन बीमा कम्पनीहरुको कुल सक्रिय बीमलेख संख्या १ करोड ४१ लाख ६५ हजार ९९८ ओटा थिए ।

तीन ओटाको व्यवसाय संकुचित हुँदा ११ कम्पनीको व्यवसाय बढ्यो

नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको चैत महिनासम्मको विवरण अनुसार २०७९ चैतसम्मको तुलनामा २०८० चैतसम्मको अवधिमा ११ जीवन बीमा कम्पनीको कुल संकलित बीमाशुल्क बढेको छ भने ३ ओटाको  मात्र घटेको छ ।

तथ्याङ्क अनुसार सरकारी लगानी रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले सर्वाधिक २२.९९ प्रतिशतले घटेको छ । यसैगरी सन नेपाल लाइफ इन्स्योरेन्सको ३.०१ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) को ०.८८ प्रतिशतले घटेको हो ।

तथ्याङ्क अनुसार चैत मसान्तसम्ममा नेशनल लाइफ इन्स्योरेन्सको सर्वाधिक १३.४१ प्रतिशतले बीमाशुल्क संकलन बढाएको छ । यस्तै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ११.७४ प्रतिशत, एशियन लाइफ इन्स्योरेन्सको ११.५० प्रतिशत र आइएमई लाइफ इन्स्योरेन्सको १०.१९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा ७ ओटा जीवन बीमकको व्यवसाय एकल बिन्दुको प्रतिशतमा वृद्धि भएको छ । यस अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ८.८१ प्रतिशतले वृद्धि हुँदा हिमालयन लाइफ इन्स्योरेन्सको ८.७३ प्रतिशत र नेपाल लाइफ इन्योरेन्सको ८.०४ प्रतिशतले व्यवसाय बढेको छ । यस्तै मेट लाइफ इन्स्योरेन्सको ६.६२ प्रतिशत, सिटिजन लाइफ इन्स्योरेन्सको ५.६५ प्रतिशत, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५.१५ प्रतिशत र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ५.०४ प्रतिशतले बढेको छ ।

नेपाल लाइफ अब्बल, चैतसम्म साढे २९ अर्ब प्रिमयम संकलन

चैत मसान्तसम्मको व्यवसायका आधारमा नेपाल लाइफ इन्स्योरेन्सको सबै जीवन बीमा कम्पनीलाई पछाडि पार्दै शीर्ष स्थानमा छ । नेपाल लाइफले चैत मसान्तसम्ममा २९ अर्ब ४५ करोड ३९ लाख २९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी चैत मसान्तसम्म नेशनल लाइफ इन्स्योरेन्सले १२ अर्ब ८९ करोड ९१ लाख ३ हजार रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) ले १२ अर्ब ८३ करोड १० लाख ८७ हजार रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सले १२ अर्ब ३३ करोड ५ लाख ५० हजार रुपैयाँ संकलन गरेको छ ।

समीक्षा अवधिमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले ६ अर्ब ५२ करोड ६६ लाख ३ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले ५ अर्ब ७८ करोड ९५ लाख ३७ हजार रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ४६ करोड ९७ लाख ८६ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

यसैगरी चैत मसान्तसम्ममा सानिमा रिलायन्स लाइफ इन्स्यारेन्सले ४ अर्ब २७ करोड ६९ लाख ४१ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले ४ अर्ब २४ करोड ४९ लाख ४७ हजार रुपैयाँ र मेट लाइफले ४ अर्ब १३ करोड ३२ लाख ४० हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

साथै चालु आवको ९ महीना अवधिमा आइएमई लाइफ इन्स्योरेन्सले ३ अर्ब २९ करोड ११ लाख ४७ हजार रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६ करोड ३८ लाख ९६ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड २६ लाख ९४ हजार रुपैयाँ र सबैभन्दा कम बीमाशुल्क संकलन गरेको सन नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ७८ करोड ९२ लाख ९४ हजार रुपैयाँ बीमशुल्क संकलन गरेको छ ।

Life Insurance Company Premium collection Till Chaitra 2080 (in Lakh)
Life Insurance 2080-81 Q3 2079-80 Q3 Change %
National Life Insurance  Company Limited 128991.03 113742.9 13.41
Prabhu Mahalaxmi Life Insurance Company  30638.96 27419.01 11.74
Asian Life Insurance   Company Limited 57895.37 51922.67 11.50
IME Life Insurance Company Limited 32911.49 29867.75 10.19
Reliable Nepal Life Insurance Limited 29826.94 27413.1 8.81
Himalayan Life Insurance Limited 123305.5 113409.09 8.73
Nepal Life Insurance Company Limited 294539.29 272612.07 8.04
American Life Insurance Company  (MetLife) 41332.4 38765.78 6.62
Citizen Life Insurance Company Limited 42449.47 40179.2 5.65
Suryajyoti Life Insurance Company Limited  65266.03 62069.29 5.15
Sanima Reliance Life Insurance Limited 42769.41 40716.71 5.04
Life Insurance Corporation Nepal Limited 128310.87 129450.6 -0.88
Sun Nepal Life Insurance Company Limited 27892.94 28757.54 -3.01
Rastriya Jeewan Beema Company 54697.86 71022.5 -22.99
Total 1100827.56 1047348.21 5.11

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।