सनराइज बैंकको ऋणपत्र सूचीकृत

0
Shares

सनराइज बैंकको ३० लाख इकाई ऋणपत्र माघ १५ गते बुधबार नेप्सेमा सूचीकृत भएको छ।

बैंकले गत कार्तिक २० गतेदेखि ७ वर्ष अवधिको मंसिर १९ गतेसम्म ३ अर्ब रुपैयाँ बराबरको ‘१०.२५ प्रतिशत सनराइज डिबेन्चर २०८३’ बिक्री गरेको थियो। जसमध्ये १२ लाख इकाईमा सर्वसाधारणका लागि छुट्याएको थियो।

ऋणपत्र सूचीकृत भएसँगै सनराइज बैंकको ऋणपत्रमा लगानी गरेकाले धितोपत्रको दोस्रो बजारमा समेत कारोबार गर्न खुला भएको छ। यस ऋणपत्रलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले पर्याप्त सुरक्षा जनाउने “केयर एनपी ए माइनस” प्रदान गरेको छ।