एभरेष्ट बैंकको ललितपुर सानोगाउँमा नयाँ शाखा

0
Shares

एभरेष्ट बैंकले ललितपुरको सानोगाउँमा ९५ औं नयाँ शाखा खोलेको छ। आफ्नो सेवा विस्तारको क्रमलाई निरन्तरता दिँदै बैंकले फराकिलो विश्वव्यापी सन्जालमार्फत व्यावसायिक र कुशल बैकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका सानोगाउँमा ९५औं शाखा यसै नगरपालिकाका मेयर श्री रामेश्वर श्रेष्ठ र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए ।

नेपालभर ९५ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएम सहित मजबुत सेवा प्रदान गदै आईरहेको बैंकको १० लाख भन्दा बढी सन्तुष्ट ग्राहक छन्।

एभरेष्ट बैंकले समाजमा ठुलो संख्यामा र सबै वर्गहरुलाई बैकिङ्ग सुविधा पु¥याउने प्रयास स्वरुप देशका सबै क्षेत्रहरुमा शाखा स्थापना गर्ने कोसिस गरिरहेको छ ।

सानागाउँका बासिन्दाहरुले अब आफ्नो घर ठाँउमा शाखामार्फत आधुनिक बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्नेछन् । साथै ग्राहकहरुले पूर्ण बैंकिङ्ग सुविधाको लाभ लिन पनि सक्नेछन् ।