आईपीओकै भाउमा दोस्रो बजारमा वाणिज्य बैंकहरुको सेयर !

0
Shares

सेयर बजार सुस्त बन्दै गर्दा पछिल्लो समय वाणिज्य बैंकहरुको सेयर मूल्य प्राथमिक सार्वजनिक निष्कासनकै भाउमा झरेको छ। बैंकिङ्ग क्षेत्रबाट प्रवाहित कर्जा असुलीमा समस्या देखिँदा धेरै बैंकका लगानीकर्ताले आगामी वर्ष पनि लाभांश नपाउने अवस्था सिर्जना भएपछि वाणिज्य बैंकहरुको सेयर मूल्य तल्लो बिन्दुमा कायम भएको हो ।

बैशाख १३ गते बिहीबारको बजार भाउ अनुसार नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये ११ बैंकको सेयर भाउ प्रतिकित्ता २०० रुपैयाँभन्दा कम छ । यस्तै थप चार बैंकको भाउ ३०० रुपैयाँभन्दा कम रहँदा दुई ओटा वाणिज्य बैंकको सेयर मूल्य ५०० रुपैयाँभन्दा धेरै छ । एक बैंकको मूल्य ४०० भन्दा बढी ५०० रुपैयाँभन्दा कम छ ।

बिहीबारको बजार भाउ अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य सबैभन्दा धेरै ५१७ रुपैयाँ कायम रहँदा एभरेष्ट बैंकको ५०५ रुपैयाँमा अन्तिम पटक खरिद बिक्री भएको छ ।

वाणिज्य बैंकमध्ये सबैभन्दा सस्तो सेयर भाउ कुमारी बैंकको प्रतिकित्ता १३४ रुपैयाँ रहेको छ । यस्तै प्रभु बैंकको १३९ रुपैयाँ १० पैसा तथा लक्ष्मी सनराइज बैंकको १४८ रुपैयाँ रहेको छ ।

May be an image of text that says '600.00 517.00 Commercial Bank stock Price on 2081 Baisak 13, Thusday 500.00 505.00 00 427. 427.30 30 400.00 348.50 348 50 300.00 276.00 200.00 00 230.50 230.00 216.80 199.20 100.00 195.30 178.00 176.00 171.00 165.00 0.00 155.90 152.00 148.00 139.10 134.00 Standard StandardChataedBankLimited Charte Bank Limited Nepal Everest eBaisak Limited Thusday Nepal Bank Limited NMB VBBankLimited Limited LamiSurriseBarkLimted #SanimaBankLimted NabilBankLimited PrimeCommercel Bank ankL td. MachhapuchhreBar BankLimited NIC Asia BankLt Agriculture oα velopment Bank Himalyan သီ Bank Limited Prabhu Bank Limited Citizen Bank International Limited Siddhartha Bark Limited Global IME Bank Limited Kumari Bank Limited Nepal BankLimited Bank'

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।