सांग्रिला बैंकले ल्यायो एकको दुई मुद्दती निक्षेप योजना

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला एकको दुई मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ ।

यस योजना “केवल ७ वर्षमा हुनेछ दोब्बर हर्ष” अन्तर्गत न्यूनतम मौज्दात पाँच हजारबाट सुरु गर्न सकिने बैंकले जनाएको छ ।

यस मुद्दती योजना अन्तर्गत ग्राहकले रकम जम्मा गरेको दुई वर्ष भित्र खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ९० प्रतिशत कर्जा र दुई वर्ष समयावधी पश्चात खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ग्राहकले १०० प्रतिशत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत ग्राहक महानुभावले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

बैंकका मुलुकभर ९१ शाखा कार्यालयहरु, २६ एटिएम रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।