चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने, अर्थतन्त्रको आकार ५७ खर्ब

0
Shares

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले चालू आवमा कुल गार्हस्थ्य उत्पादनको आर्थिक वृद्धिदरबारे प्रक्षेपण गरेको हो।

कार्यालयका अनुसार उपभोक्ता मूल्यमा उक्त आर्थिक वृद्धिदर ३.८७ प्रतिशत र आधारभूत मूल्यमा ३.५४ प्रतिशत रहनेछ। 

त्यसैगरी अर्थतन्त्रको आकार समेत ५७ खर्ब ०४ अर्ब रहने कार्यालयको प्रक्षेपण छ। 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भने सन् २०२४ मा नेपालको अर्थिक वृद्धि ३.१ प्रतिशत मात्र रहने प्रक्षेपण सार्वजनिक गरेको छ ।

आईएमएफले यसअघि सार्वजनिक गरेको भन्दा आर्थिक वृद्धिको लक्ष्य १.९ प्रतिशतले घटाएको हो । गत असोजमा सार्वजनिक इकनोमिक आउटलुकमा सन् २०२४ मा नेपालको अर्थिक वृद्धि ५ प्रतिशत हुने उल्लेख थियो ।

 

नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत मात्र रहने आईएमएफको नयाँ प्रक्षेपण

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।