बजेट आउने मिति नजिकिँदै जाँदा भारतीय शेयर बजारमा सुधार

0
Shares

भारत सरकारले शनिबार आगामी आर्थिक वर्ष सन् २०२०/२१ को बजेट आउने तयारी अन्तिम चरणमा रहँदै गर्दा शेयर बजारले सकारात्मक दिशा लिएको छ ।

बजेटमा शेयर बजारका लागि के आउँछ भन्दा पनि करका विषयमा कस्तो सम्बोधन हुन्छ र मन्दी लागेको अर्थतन्त्र उकास्नका लागि सरकारको आर्थिक नीति कस्तो हुन्छ भन्नेमा भारतीय शेयर लगानीकर्ता रहेका छन्। सामग्र अर्थतन्त्र नै सकारात्मक भएको खण्डमा शेयर बजारमा पनि सुधार आउने लगानीकर्ताको अपेक्षा छ।

भारतीय शेयर बजारमा कारोबार भएको तेस्रो दिन बुधबार भने सुधार आएको छ।

सोमबार र मंगलबार निरन्तर घटेको भारतीय शेयर बजारमा बुधबार वढेको हो। बुधबार बम्बै स्टक एक्सचेञ्ज(विएसी) परिसूचक सेन्सेक्स २३१ अंकले बढेको छ भने नेसनल स्टक एक्सचेञ्ज परिसूचक निफ्टी पनि ७३ अंकले बढेको छ ।

बुधबारको सुधार पछि विएसी परिसूचक सेन्सेक्स ४१ हजार १९८.६६ अंकमा पुगेको छ भने निफ्टी पनि १२ हजार १२९.५० अंकमा पुगेको छ । बुधबार कारोबार सुरु भएदेखि बढ्न थालेको शेयर बजारमा बन्द हुँदासम्म सुधारको गति कायम रह्यो।