नेप्सेले सूचीकृत कम्पनीहरुको विश्लेषण गर्न छुट्टै डेटावेश तयार गर्ने

0
Shares

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले धितोपत्र बजारमा सूचीकृत बैंक तथा वित्तीय संस्थाका साथै अन्य कम्पनीहरुको बारेमा विश्लेषण गर्नको लागि छुट्टै डेटावेश तयार भैरहेको बताएका छन्।

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको ५ औं वार्षिकोत्सव समारोह बोल्दै पूँजी बजारको फन्टलाईन रेगुलेटर नेप्सेको सीईओ साउदले धितोपत्र कारोबार सहज र सरल बनाउन अनलाईन प्रणाली लागू भैसकेको बताए। लगानीकर्ताले लगानी निर्णय लिनका लागि सहजताका लागि भएपनि उक्त डेटावेश ल्याउन लागिएको उनको भनाई थियो।

यसैगरि कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले मर्चेन्ट बैंकरहरुलाई इङ्गित गर्दै लगानीका नयाँ आयामहरुको अध्ययन अनुसन्धान गरिनुपर्ने तथा नियामक निकायहरुलाई सो सम्बन्धी कार्यविधि तयार बनाउन समेत पहल गर्नुपर्ने बताए।

यस्तै उनले यस क्षेत्रमा हुँदै आएका काम कारबाहीहरुलाई अझै पारदर्शी रुपमा देशका हरेक स्थानहरुबाट सम्पन्न गराउनको लागि कार्य भइरहेको जानकारी दिए। उनले लगानीमैत्री वातावरण सिर्जना गर्नको लागि अध्ययन समेत भइरहेको जानकारी दिए।

आरविवि मर्चेन्टका प्रमुख कार्यकारी बद्री प्रसाद प्याकुरेलले नेपाल पुनर्बीमा कम्पनीले निष्कासन गर्न लागेको १ अर्ब ६० करोड रुपैयाँ बराबरको प्रथामिक शेयर सर्वसाधारण समुहलाई निष्काशन गर्नको लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लि. संग सम्झौता भएबमोजिम उत्त निष्कासनको अन्तिम चरणको काम भइरहेको बताए।

उनले मर्चेन्टको वर्तमान स्थितिका साथै विभिन्न कम्पनीहरुसँग समन्वय गर्दै विभिन्न सम्झौता समेत भइरहेको जानकारी दिए।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लि.का प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले एउटा हुर्कीरहेको बच्चाको संज्ञा दिँदै अबको दिनमा यस संस्थाले धितोपत्र बजारको चुनौतीहरुलाई आत्मसाथ गरि आफूलाई पनि रा.बा.बैंकलाई जसरी नै स्थापित हुनको लागि प्रोत्साहन दिए।