आरएमडीसी नाफा घट्यो, जगेडा कोष पूँजीभन्दा १.७६ गुणा धेरै

0
Shares

आरएमडीसी लघुवित्त (RMDC) को खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा घटेको छ । पुस मसान्तसम्ममा लघुवित्तले १४ करोड ६१ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

लघुवित्तले गत आर्थिक वर्षको यसै अवधिमा १४ करोड ६८ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको नाफा ६ लाख ६२ हजार रुपैयाँले घटेको हो। यद्यपी कम्पनीको जगेडा कोष पूँजीभन्दा १.७६ गुणा रहेको छ । ८९ करोड ९३ लाख २३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

खराब कर्जा अनुपात शुन्य रहेको थोक लघुवित्त कर्जा प्रवाह गर्ने यस लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ५१ पैसा प्रतिशेयर नेटवर्थ २७३.३४ रुपैयाँ, र मूल्य आम्दानी अनुपात १९.३८ गुणा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तले बैंक तथा वित्तिय संस्थाबाट ७ अर्ब २१ करोड ७९ लाख रुपैयाँ सापटी लिएर ७ अर्ब ८५ करोड २५ रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष कम्पनीले ६ अर्ब १८ करोड २२ लाख रुपैयाँ सापटी लिएर ७ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । कम्पनीको खुद ब्याज आम्दानी पनि सामान्य घटेको छ । ।पुस मसान्तसम्ममा कम्पनीले २३ करोड ३३ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्दा २२ करोड ८३ लाख सञ्चालन नाफा गरेको छ ।