सनराइज बैंकको ६ महिनाको नाफा ९४ करोड, झण्डै ५२ करोड वितरणयोग्य

0
Shares

सनराइज बैंक (SRBL)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९४ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा करिब १९.१२ प्रतिशतले बढी हो ।

गत आर्थिक बर्ष यसै अवधिमा बैंकले ७९ करोड २७ लाख खुद मुनाफा गरेको थियो। बैंकको वितरणयोग्य मुनाफा भने ५१ करोड ९० रुपैयाँ छ । यस हिसाबले बैंकले करिब १२ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ ।

बैंकको कर्जा तथा निक्षेपमा सुधार देखिएको छ । बैंकले ८२ अर्ब १५ करोड निक्षेप संकलन गरेर ७५ अर्ब ५८ करोड कर्जा लगानी गरेको छ। जसबाट २ अर्ब ४ करोड खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको भन्दा ३२ करोड धेरै हो ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ रहेको छ । विभिन्न कोषमा गरेर रिजर्भमा ३ अर्ब ७८ करोड राखेको छ ।

बैंकको खराब कर्जा अनुपात १.६९ प्रतिशत छ भने प्रति शेयर आम्दानी २१ रुपैयाँ ६ पैसा, प्रति शेयर नेटवर्थ १४२ रुपैयाँ २६ पैसा र मुल्य आम्दानी अनुपात ११.२१ गुणा छ। बैंकको कस्ट अफ फण्ड ७.१४ प्रतिशत, आधारदर ९.९९ प्रतिशत र कर्जा निक्षेप अनुपात ७४.५४ प्रतिशत छ ।