नेशनल माइक्रोफाइनान्सको खुद नाफामा ६१ प्रतिशतको सुधार

0
Shares

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (NMFBS)ले चालु वर्षको दोस्रो त्रैमाससम्ममा गत आवको यसै अवधिको तुलनामा ६१.६८ प्रतिशतले खुद नाफा बढाएको छ।

चालु आवको पुस मसान्तसम्ममा लघुवित्तले ९ करोड २५ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छ । गत आवको यसै अवधिमा कम्पनीले ५ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।

वित्तीय संस्थाले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार वार्षिक प्रतिशेयर आम्दानी ७० रुपैयाँ २९ पैसा कायम भएको छ। गत आवको यसै अवधिमा कम्पनीको इपिएस ७५ रुपैयाँ ८७ पैसा रहेको थियो।

चुक्ता पूँजी १५ करोड ८ लाख ८३ हजार रुपैयाँबाट ७५ प्रतिशत बोनस बाँडेर २६ करोड ४० लाख ४५ हजार पुरयाएको माइक्रोफाइनान्सको जगेडा कोषमा २२ करोड ५१ लाख ५५ हजार रुपैयाँ सञ्चित छ।

यस अवधिमा कम्पनीले १ अर्ब ४८ करोड ७६ निक्षेप संकलन तथा २ अर्ब ६९ करोड २४ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर ३ अर्ब ९३ करोड ३२ लाख बराबरको कर्जा लगानी गरेको छ।

जसबाट कम्पनीको खुद ब्याज आम्दानी ७ करोड २८ लाख बढेर १८ करोड ७२ लाख १२ हजार आर्जन भएको छ। खराब कर्जा अनुपात १.४८ बाट बढेर १.७६ प्रतिशत पुगेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ १८५.२७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.६८ गुणा छ।