महुली लघुवित्तको नाफा २० हजार रुपैयाँ मात्र बढ्यो, जगेडामा सुधार

0
Shares

महुली लघुवित्त (MSLB) ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा नाफा सामान्य बढेको छ । लघुवित्तले पुस मसान्तसम्म २ करोड ३ लाख ५ हजार खु्द नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तको नाफा २ करोड २ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको थियो ।लघुवित्तको नाफा २० हजार रुपैयाँले मात्र बढेको हो।

लघुवित्तले समीक्षा अवधिमा चुक्ता पूँजी ७ करोड २० लाख रुपैंयाबाट बढाएर १२ करोड २४ लाख पुर्याएको छ । जगेडा कोषमा गत आर्थिक वर्षमा १६ करोड २४ लाख रुपैंयाँ सञ्चित रहेकोमा अहिले १९ करोड २३ लाख पुर्याएको छ ।

व्यवसायको आकारमा केही सुधार आएर व्याज आम्दानी बढे पनि कर्मचारी खर्च, प्रोभिजन लगायत शिर्षकमा आएको बढोत्तरीले नाफामा सुधार आउन सकेन् । जसको खराब कर्जा बढेर १.८१ प्रतिशत पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ८१ पैसा, प्रतिशेयर नेटवर्थ २४७ रुपैंया ५७ पैसा तथा मूल्य आम्दानी अनुपात ४६.९७ गूणा छ ।

कम्पनीले नव किरण लघुवित्तसँग मर्जर सम्झौता गरेको छ । महुली र नव किरण लघुवित्तले १००स्९५ अनु्पातमा एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका हुन् ।