छिमेक लघुवित्तको १ हजार ५०० कित्ता बिक्रीमा

0
Shares

छिमेक लघुवित्त वित्तीय संस्था (CBBL) ले एक हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।  लघुवित्तका केही संस्थापकहरुले उक्त परिमाणको शेयर बिक्री गर्न संस्थामा निवेदन दिएको र सञ्चालक समितिको बैठकले रिति पुर्याई बिक्री गर्ने गरेको निर्याय अनुसार बिक्रीमा ल्याइएको जनाएको छ।

हाल पहिलो चरणमा बिक्रीमा ल्याइएकोले उक्त संस्थापक शेयरमा हाल विद्यमान कायम रहेका संस्थापक शेयरधनीले मात्र निवेदन दिन पाउने जनाइएको छ । आवेदनका लागि मूल्य निर्धारण गरिएको छैन।

संस्थापक शेयरधनीको तर्फबाट उक्त शेयर खरीदका लागि माग आवेदन नपरेको खण्डमा दोस्रो चरणमा सर्वसाधारणले समेत आवेदन दिन पाउने गरि उक्त शेयर बिक्रीमा ल्याइने कम्पनीले जनाएको छ।