सुन चाँदीको भाउ फेरि बढ्यो

0
Shares

नेपाली बजारमा बिहीबार सुन चाँदीको भाउ बढेकोे छ । नेपाल सुन चाँदी व्यसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ तथा चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।

संघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ७६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ७५ हजार ६ सयमा कारोबार भएको थियो । बिहीबार तेवाजी सुनको मूल्य प्रतितोला ७६ हजार पुगेको छ ।

त्यस्तै चाँदीको भाउ प्रतितोला ८८० कायम भएको छ । बुधबार प्रतितोला ८७० रुपैयाँ थियो ।

प्रकाशित मिति: १६ माघ २०७६, बिहिबार  ११ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।