सानिमा रिलायन्सको नाफा ९३% बढ्यो, चैतसम्म साढे ३० करोड नाफा

0
Shares

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा ९२.९४ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी बढेपछि नाफा वृद्धिमा टेवा पुगेको हो । चालु आर्थिक वर्षको ९ महीना अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट हुने आम्दानी १४२.७२ प्रतिशतले बढाएर १ अर्ब १२ करोड ६९ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यस्तो आम्दानी ४६ करोड ४२ लाख ९६ हजार रुपैयाँ थियो ।

चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी ९ रुपैयाँ ७१ पैसा, प्रति सेयर नेटवर्थ १२६ रुपैयाँ ९९ पैसा, प्र्रति सेयर कुल सम्पत्तिको मूल्य ४७६ रुपैयाँ १९ पैसा र प्रति सेयर नेटवर्थ १२६ रुपैयाँ ९९ पैसा रहेको छ । यस्तै रिटेन्ड अर्निङमा ९९ करोड ७२ लाख रुपैयाँ र महाविपत्ति कोषमा १२ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

सानिमा रिलायन्स लाइफको वित्तीय विवरणमा उल्लेख्य प्रगति देखिएको छ । कम्पनीको जीवन बीमा कोषको आकार २४.१४ प्रतिशतले वृद्धि भई १३ अर्ब ५५ करोड ३६ लाख ८३ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा १० अर्ब ९१ करोड रुपैयाँ जीवन बीमा कोषमा सञ्चित थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सानिमा रिलायन्स लाइफको खुद बीमाशुल्क संकलन १ अर्ब ८४ करोड ९२ हजार रुपैयाँबाट ११७ प्रतिशत बढेर ४ अर्ब १ करोड ४१ लाख ३३ हजार रुपैयाँ पुगेको छ । यस्तै कूल बीमा शुल्क आम्दानी ४ अर्ब २७ करोड ६१ लाख २० हजार रुपैयाँ रहेको छ । गत आवमा यस्तो आम्दानी १ अर्ब ८४ करोड ९२ हजार रुपैयाँ रहेको थियो ।

तेस्रो त्रैमाससम्ममा कम्पनीले कुल १ अर्ब ४१ करोड ८५ लाख १८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा ४९ करोड ३६ लाख रहेको थियो । यस्तै खुद दाबी भुक्तानी पनि ६.८२ प्रतिशतले बढेर २ अर्ब ५ करोड ९ लाख पुगेको छ । कम्पनीमा जम्मा नौ लाख ३३ हजार ११२ वटा बीमा पोलिसी कायम रहेका छन् ।

कम्पनीको कुल आय २ अर्ब ३२ करोड १५ लाखबाट १२५ प्रतिशतले बढेर ५ अर्ब २२ करोड ७१ लाख पुगेको छ । यस्तै कुल खर्च पनि १२७ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ बराबर रहेको छ ।  समीक्षा अवधीमा सानिमा रिलायन्सले बीमा अभिकर्ताहरुलाई ४३ करोड ३१ लाख ३२ हजार रुपैयाँ कमिसन बापत वितरण गरेको छ । गत आवको सोही अवधिमा २२ करोड ९६ लाख २१ हजार रुपैयाँ थियो ।

वित्तीय विवरण अनुसार चालु आवको ९ महीनाको अवधिमा कम्पनीले १० अर्ब ८५ करोड ३४ लाख दीर्घकालीन र ६ अर्ब ३४ करोड २४ लाख रुपैयाँ अल्पकालीन लगानी गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।