बर्दिवास–२ स्थित जनता माध्यमिक विद्यालयबाट विसं २०५९ मा प्रवेशिका परीक्षामा सहभागी विद्यार्थीले बर्दिवास हेल्पिङ ह्याण्डस् नामको संस्था स्थापना गरेर मानव शरीरको रक्त विश्लेषण गर्ने उपकरण हेमाटोलोजी एनलाइजर खरिदका निम्ति रकम सङ्कलन गरेका छन् ।
उपकरण खरिदका लागि सङ्कलन भएको ५९ हजार रुपैयाँ उनीहरूले नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखालाई शनिबार हस्तान्तरण गरेका छन् । “हामीले सिबिसी मेसिन किन्न रेडक्रसलाई रु ५९ हजार हस्तान्तरण गरेका छौँ”, बर्दिवास अस्पतालका मेडिकल अफिसर डा किशोर अधिकारीले भने,“यो सबैलाई जागृत गराउने अभियान हो, यसैले रकम सानो भए पनि कार्यक्रम नै आयोजना गरेर हस्तान्तरण गरेका हौँ ।” बर्दिबासवासीले सिबिसी मेसिन खरिद अभियान थालिएको थाहा पाउन् भन्ने आपूmहरूको उद्देश्य रहेको बताए ।
त्यस अवसरमा मधेस प्रदेशका गृह, कानुन तथा सञ्चार राज्यमन्त्री शारदादेवी थापाले आपूm पनि जनता माविकै पूर्वविद्यार्थी भएकाले बर्दिवास हेल्पिङ ह्याण्डस्सँग भावनात्मक सम्बन्ध रहेको बताए । “म पनि यो अभियानमा तपाईंहरुसँगै छु, सक्दो सहयोग गर्नेछु”, राज्यमन्त्री थापाले भने, “सबै लाग्यौँ भने सिबिसी उपकरण खरिद गर्न सक्नेछौँ ।”
मधेसका कुनै पनि जिल्ला अस्पतालमा हालसम्म उक्त उपकरण नहुँदा सङ्घीय राजधानी काठमाण्डौं र विदेश जानुपर्ने बाध्यता छ । “बर्दिवास हेल्पिङ ह्याण्डस्ले नगद हस्तान्तरण गरेरै अभियान थाल्यो, हामीलाई थुप्रै सामाजिक सङ्घसंस्था र जिल्लाका स्थानीय तहले सहयोगबारे चासो देखाउनुभएको छ”, रेडक्रस सोसाइटीका सभापति रेवन्त कार्कीले भने, “हामी आउने दसैँ पर्वअघि नै यहाँको रक्तसञ्चार केन्द्रमा सेतो रगत बनाउने कम्पोनेन्ट मसिनबाट काम लिन थाल्ने छौँ ।” उनका अनुसार यो उपकरणको हालको बजार मूल्य एक करोड १० लाख छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया