आईसिएफसिको नाफा साढे १४ % ले बढ्यो, जगेडा कोष झनै मजबुत

0
Shares

चालु आर्थिक वर्षको दोस्रोे त्रैमासमा आईसिएफसि फाइनान्सले अधिकांस सूचकमा सुधार गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

फाइनान्सले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ८ करोड १९ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आवको यसै अवधिको तुलनामा १४.७० प्रतिशत बढी हो ।

गत आर्थिक बर्षको यसै अवधिमा फाइनान्सले ७ करोड १४ लाख ७१ हजार नाफा कमाएको थियो । खुद ब्याज आम्दानी, संचालन नाफा लगायतमा सुधार आएपछि फाइनान्सको नाफा बढेको हो।  ६ महिनामा फाइनान्सको विरण योग्य नाफा ६ करोड २ लाख ६८ हजार कायम भएको छ । जसको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५८ पैसा छ ।

८८ करोड २१ लाख ७२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सले चालु आवको पुस मसान्तसम्ममा ३२ करोड ७७ लाख जगेडाकोषमा जम्मा गरेको छ भने रिटेन्ड अर्निङमा ९ करोड २३ लाख छ ।

फाइनान्सले चालु आवको दोस्रो त्रैमाससम्ममा ११ अर्ब ५९ करोड ६३ लाख निक्षेप संकलन गरी ८ अर्ब ८६ करोड ८७ लाख कर्जा प्रवाह गरेको छ। यसबाट फाइनान्सले २२ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

समीक्षा अवधिमा फाइनान्सको निष्क्रिय कर्जा ०.३२ प्रतिशतबाट बढेर ०.६० प्रतिशत पुगेको छ । फाइनान्सको आधारदर १०.९८ प्रतिशत, कोषको लागत ९.२७ प्रतिशत, स्प्रेडदर ४.७६ प्रतिशत रहेको छ ।

फाइनान्सको प्रतिशेयर आम्दानी १८.५८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८.६१ गुणा छ।