नेपाल टेलिकमको आम्दानीमा गिरावट, नाफा ३.३५ प्रतिशतले बढ्यो


नेपाल टेलिकमको आम्दानीमा गिरावट आएको छ । टेलिकमले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार टेलिकमको आम्दानी ६.८२ प्रतिशतले घटेको छ ।

चालु आवको नौ महिनाको अवधिमा टेलिकमले २५ अर्ब ४८ करोड १२ लाख रुपैयाँ आम्दमनी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा टेलिकमले २७ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै, कम्पनीको वित्तीय आम्दानी ८.९० प्रतिशत घटेर ५ अर्ब १९ करोड ३३ लाख रुपैयाँमा सिमित भएको छ भने कुल आम्दानी ६.०३ प्रतिशत घटेर ३१ अर्ब २० करोड ४८ लाखमा सिमित भएको छ । यस्तै उक्त अवधिमा कम्पनीको वित्तीय खर्च भने ६६.८२ प्रतिशतले घटेर १३ करोड ५२ लाखमा सिमित भएको छ ।

यता, कम्पनीले चालु आवमा ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष ४० रुपैयाँ ९ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले बढेर ४१ रुपैयाँ ४४ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५१२ रुपैयाँ ९९ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात २०.१३ गुणा रहेको छ। कम्पनीको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७४ अर्ब ३३ करोड ८६ लाख रुपैयाँ सञ्चित छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।