सिटि होटलले घटायो नोक्सानी, नौ महिनाको कुल आम्दानी ४२ करोड


सिटि होटल लिमिटेडले नोक्सानी घटाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २१ करोड ६१ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको यस होटलले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १५ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । समीक्षा अवधिमा ६ करोड २४ लाखले नोक्सानी घटेको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार होटलको आम्दानी बढेको छ । चैतसम्म होटलले ४२ करोड ७ लाख ८८ हजार रुपैयाँ कुल आम्दानी गरेको छ । होटलको कुल आम्दानी २२.९३ प्रतिशत बढेको हो ।

चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको होटलको अन्य इक्विटी ९ करोड ४३ लाख रुपैयाँ ऋणात्मक छ। यस अवधिमा होटलको वार्षिक प्रति सेयर आम्दानी १२ रुपैयाँ २४ पैसा ऋणात्मक रहेको छ भने प्रति सेयर नेटवर्थ ९४ रुपैयाँ ३६ पैसा छ ।

काठमाण्डौंको सोल्टीमोडमा ’हायात प्यालेस’ को नाममा सञ्चालनमा रहेको पाँचतारे होटलको समीक्षा अवधिमा समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी १३.१५ प्रतिशत बढेर ३७ करोड २ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, होटलको कुल खर्च १७.७२ प्रतिशत बढेर २८ करोड २२ लाख रुपैयाँ पुगेको छ भने होटलको वित्तीय खर्च ३.११ प्रतिशत घटेर २५ करोड ९ लाखमा सिमित भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।