घोराही सिमेन्ट घाटामा, नौ महिनामा ६४ करोड नोक्सानी


घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्म ६४ करोड २५ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ । प्रिमियम सहित सर्वसाधारणमा प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ जारी गरेको यस कम्पनीको अवस्था दयनीय बनेको हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १.६९ प्रतिशतले घटेर ३ अर्ब ८ करोड ६२ लाख रुपैयाँमा सिमित भएको छ । कम्पनीले यत आथिएक वर्षको सोही अवधिमा ३ अर्बए १३ करोड ९४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

त्यस्तै, कम्पनीको कुल नाफा ५७.७६ प्रतिशतले घटेर २७ करोड ५७ लाख रुपैयाँमा सिमित भएको छ भने अन्य आम्दानी ८९.६३ प्रतिशत घटेर १ करोड ३६ लाखमा सिमित भएको छ ।

चैत मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा २२ करोड ३८ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर आम्दानी १८ रुपैयाँ ७६ पैसा ऋणात्मक रहेको छ ।प्रतिशेयर नेटवर्थ भने २२० रुपैयाँ ५५ पैसा रहेको छ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ अर्ब ५० करोड ६१ लाख रुपैयाँ सञ्चित छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।