आईपिओपछि सबैको लघुवित्तको व्यवसायसँगै नाफा बढ्यो, हकप्रद पश्चात के होला ?

0
Shares

सबैको लघुवित्त वित्तीय संस्थाले प्रगतिउन्मुख वित्तीय विवरण सार्वजनिक गरेको छ ।संस्थाले चालु आर्थिक बर्षको पहिलो ६ महिनाको अवधिमा गत आवको यसै अवधिको तुलनामा १०३ प्रतिशते नाफा बढाएको छ ।

संस्थाले पुस मसान्तसम्म २ करोड ४४ लाख रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो पुससम्म संस्थाकोे १ करोड २० लाख रुपैयाँ थियो । लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि नाफामा उच्च सुधार आएको हो।

पुस मसान्तसम्ममा ५६ करोड ३३ लाख निक्षेप संकलन तथा १ अर्ब ५१ करोड ५६ लाख बैंकहरुबाट सापट लिएर १ अर्ब ८७ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको संस्थाले ६ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जसको ६ महिनाको संचालन नाफा ३ करोड ८८ लाख रुपैयाँ छ ।

१८ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ३ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। संस्थाको जगेडाकोषको आकार १५४ प्रतिशत बढीले सुधार भएको हो। तर लघुवित्तको खराब कर्जा सामान्य बढेर ०.८५ प्रतिशत पुगेको छ।

लघुवित्तको प्रतिशेयर आम्दानी २६.२५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ९९ पैसा तथा मूल्य आम्दानी अनुपात २७.६२ गुणा छ। संस्थाले हाल कायम पूँजीको १०० प्रतिशत अर्थात् १:१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय साधारणसभा बाट पारित गराइसकेको छ ।