स्वरोजगार लघुवित्तको नाफा १३५.३२% ले बढ्यो, ईपिएस ३२.६४ रुपैयाँ

0
Shares

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को ६ महिनाको अवधिमा ५ करोड ५७ लाख ५१ हजार रुपैयाँ खुद नाफा गरेको विवरण सार्वजनिक गरेको छ ।संस्थाको नाफा गत आवको यसै अवधिको तुलनामा १३५.३२ प्रतिशतले धेरै हो।

लघुवित्तले गत आवको यसै अवधिमा २ करोड ३६ लाख ९१ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा उच्चरुपमा बढेपछि नाफा बढेको हो।

गत वर्ष ८ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले यो त्रैमाससम्म बढाएर १३ करोड ४३ लाख पुर्याएको छ । यस्तै, सञ्चालन नाफा पनि ३ करोड २२ लाख रुपैयाँबाट बढेर ८ करोड २४ लाख पुगेको छ ।

पुस मसान्तसम्म १ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन तथा १ अर्ब ५५ करोड नै सापटबाट ३ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ३४ करोड १६ लाख रुपैयाँ रहेको छ । जसको जगेडामा १० करोड ४० हजार रुपैयाँ छ । जुन ४६.७५ प्रतिशतले वृद्धि भएको हो।

गत वर्षको तुलनामा कम्पनीको खराब कर्जा भने बढेको छ । गत वर्ष ०.८१ प्रतिशत रहेको खराब कर्जा १.३१ प्रतिशत पुगेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ६४ पैसा, प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ २८ पैसा तथा मूल्य आम्दानी अनुपात २१.४५ गुणा छ ।