सार्वजनिक र निजी लगानीमा सम्भाव्य आयोजना निर्माण हुने

0
Shares

सरकारले आगामी आर्थिक वर्षमा सार्वजनिक र निजी लगानीमा सम्भाव्य आयोजनाको निर्माण अगाडि बढाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१–२०८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सम्भाव्य आयोजनाहरूलाई सार्वजनिक र निजी लगानीमा निर्माण गरिने बताएका हुन् ।उक्त कार्यक्रममा स्थानीय तहको विकासमा प्रभावकारी बनाउन लगानी बढाउने पनि उनले बताए ।

साथै सरकारले आर्थिक वर्षलाई कृषि लगानी वर्ष घोषणा गरेको छ । कृषि लगानी वर्ष घोषण गरि सरकारी, निजी तथा विकास साझेदारीको लगानी वृद्धि गर्ने नीति सरकारले लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।