मिथिला लघुवित्तको प्रतिशेयर आम्दानीमा ९ रुपैयाँ ५ पैसाले सुधार

0
Shares

मिथिला लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ६४ लाख ७० हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आवको यसै अवधिको तुलनामा कम्पनीको नाफा १३०.८९ प्रतिशतले बढेको हो।

गत वर्ष यसैअवधिमा लघुवित्तले ७१ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले खुद नाफा बढेको हो । समीक्षा अवधिमा संस्थाले २ करोड ५० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।

नाफा बढेपछि लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५ पैसाले बढेर ३१ रुपैयाँ १२ पैसा पुगेको छ । जसको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ८८ पैसा कायम छ ।

संस्थाले ३१ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पुँजी १० करोड ५८ लाख रुपैयाँ रहेको संस्थाको जगेडाकोष १३३.१६ प्रतिशतले बढेर ६ करोड ८६ लाख पुगेको छ ।