सुनको मूल्य घट्यो चाँदीको भने बढ्यो

0
Shares

नेपाली बजारमा शुक्रबार सुनको भाउ घटेको छ भने चाँदीको बढेकोे छ । नेपाल सुन चाँदी व्यसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो भने चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।

संघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाला सुन प्रतितोला ७५ हजार ३ सयमा कारोबार भएको थियो । शुक्राबार तेवाजी सुनको मूल्य प्रतितोला ७५ हजार ७०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै चाँदीको भाउ प्रतितोला ८९० कायम भएको छ । बिहीबार प्रतितोला ८८० रुपैयाँ थियो ।