रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन माग


राजविराज—निर्माणाधिन रूपनी–छिन्नमस्ता सडकको काम तिव्र गतिमा सम्पन्न गराउन छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी सक्रिय देखिएका छन्।  यस सडको कामलाई चाँडै सम्पन्न गराउन बुधबार उनले संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, दमक (झापादेखि कमलासम्म)को प्रमुख सुई विनोद मौवारसँग छलफल गरेका छन् ।

छलफलमा आयोजना प्रमुख मौवारले अषाढ भित्र काम सम्पन्न हुने बाचा गरेको पालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । ’टेन्डर भएको २ बर्ष भइसकेको छ, काम सुस्त गतिमा भइरहेको छ,’ उनले भने, ’हिजै आयोजना प्रमुखसँग कार्यपालिका सदस्य, सडक डिभिजन कार्यालय लहानका कर्मचारी र ठेकेदारलाई राखेर छलफल गरेका छौँ।’

त्यस सडकको काम पुरा भएसँगै छिन्नमस्तामा आन्तिरिक तथा वाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने अध्यक्ष चौधरीले विश्वास व्यक्त गरे । ’यो सडकले ऐतिहासिक धार्मिकस्थल छिन्नमस्ता शक्तिपीठ अवातजावतमा पर्यटकलाई सहज हुनेछ जसले यहाँ आन्तिरक तथा बाह्य पर्यटकको राम्रो संख्यामा बृद्धि हुन्छ,’ उनले भने, ’यसले यहाँको स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्नेछ ।’

अध्यक्ष चौधरीले उक्त सडक निर्माण गर्न प्राथमिकताका साथ लागेको बताए । यसअघि उक्त सडक निर्माणको लागि पालिका अध्यक्ष चौधरीले भौतिक पूर्वाधारमन्त्री, मुख्य सचिव, सडक विभागप्रमुखदेखि प्रधानमन्त्रीसमेतलाई ज्ञापनपत्र बुझाएका थिए ।

समयमा सडक निर्माण काम पुरा नभए र काम सुस्त गतिमै भइरहे पालिकाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने अधिकारको प्रयोग गरि अगाडि बढ्ने कुरा समेत आयोजना प्रमुखलाई छलफलमा सुनाइएको पालिका अध्यक्ष चौधरीले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।