गुडविल फाइनान्सको एक लाख कित्ता संस्थापक सेयर बिक्रीमा


गुडविल फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले संसथापक सेयरधनीहरुको नाममा रहेको एक लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिइएको छ । यस पटकको लिलामीमा सर्वसाधारणले आवेदन दिन पाउने छैनन् ।

संस्थापक सेयरधनीहरुले आज जेठ ६ गतेदेखि ३५ दिनभित्र के–कति रकममा खरिद गर्ने हो सो समेत खुलाई यस वित्तीय संस्थाको प्रधान कार्यालय, हात्तीसार, काठमाडौंमा निवेदन दिनु पर्ने छ ।

संस्थापक सेयरहरुबाट आवेदन नआएमा भने अन्य व्यत्ति, संस्था वा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।