म्याजिकल एआई फ्ल्यागशिप : अनर म्याजिक ६ प्रो नेपालमा आउँदै


नेपालका लागि अनर को आधिकारिक वितरक सेलट्रोन नेपालले नेपालमा इन्नोभेसन ल्याउँदै आएको छ । चाहे त्यो सबैभन्दा पातलो फोल्ड अनर म्याजिक भी२ होस् वा सबैभन्दा बलियो स्मार्टफोन अनर एक्स९बी, यसले अनर ग्लोबल लाइ पछ्याउँदै मानिसहरूलाई प्रविधि र नवीनताको अनुभव गराउँदै आएको छ । त्यसलाई निरन्तरता दिदै , यसले नेपालमा बहुप्रतिक्षित फ्ल्यागशिप अनर म्याजिक ६ प्रो भित्र्याउने जानकारी दिएको छ ।

अनर म्याजिक श्रृङ्खलाको फ्ल्यागशिप लाइनअपमा सबैभन्दा नयाँ थपिएको अनर म्याजिक ६ प्रो ले फोटोग्राफी, डिस्प्ले, कार्यसम्पादन र एआई-संचालित प्रयोगकर्ता अनुभवहरूमा उन्नति गरेको छ। स्मार्टफोनले विश्व रेकर्ड तोड्दै पाँचवटा डीएक्सओमार्क गोल्ड लेबलहरू प्राप्त गर्ने उद्योगमा पहिलो भएको छ।

अनर म्याजिक ६ प्रो कालो र एपी ग्रीन गरि दुइ सुन्दर रंगहरु मा उपलब्ध हुनेछ जसमा एपी ग्रीन भेगन लेदर ब्याकको साथ आउदछ। यो फोन (१२ं५१२) जीबी भेरियन्टमा आउँछ र लन्चिङ मिति भने खुलाइएको छैन तर यो २१ मेको लागि प्रि-बुकिङका लागि उपलब्ध हुने हल्ला भने रहेको छ । जबकि मूल्य अझै खुलाइएको छैन तर यो अनर को परम्परा भएकाले अफर र उपहार सहित लन्च हुने विश्वास गरिन्छ भने ग्राहकहरूले यसलाई अफलाइन र अनलाइन स्टोरबाट पनि खरिद गर्न सक्नेछन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।