कनेक्ट आईपीएसको लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानीमा आकर्षक अफर सार्वजनिक

0
Shares

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको कनेक्ट आईपीएसले “कनेक्ट आईपीएसबाट भुक्तानी गर्दा लाईफ इन्स्योरेन्स प्रिमियम भुक्तानीको पूरा रकम फिर्ता (४० हजार रुपैयाँसम्म) अफर सार्वजनिक गरेको छ । जेठ ६ गतेदेखि साउन ३२ गतेसम्म लागू हुने गरी आकर्षक अफर सार्वजनिक गरिएकाे हाे ।

कनेक्ट आईपीएसबाट लाईफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले १ हजार क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यस्तै हरेक महिना एक जना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको पूरा रकम (४० हजार रुपैयाँसम्म फिर्ता पाउन सक्नेछन् ।

लक्की ड्र मार्फत छानिएका १० साप्ताहिक विजेताहरुको जानकारी हरेक हप्ताको सोमबार तथा मासिक १ जना भाग्यशाली बिजेताको जानकारी महिना सकिएपछि एनसीएचएलको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने छ । कनेक्ट आईपीएसको वेब, मोबाइल एप तथा इन्स्युरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवे मार्फत गरिएको लाइफ इन्स्युरेन्सको प्रिमियम भुक्तानीमा मात्र सो अफर लागू हुनेछ ।

कनेक्ट आईपीएस, बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो । कनेक्ट आईपीएसको वेब मार्फत प्रति कारोबार २० लाख रुपैयाँसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ । यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, सेयर कारोबार,नेपाल पे क्यूआर लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ ।

कनेक्ट आईपीएस मार्फत चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ५३ सदस्य बैंक वित्तीय संस्था मार्फत ४४ खर्ब ५६ अर्ब बराबरको ५ करोड ८० लाख भन्दा बढी भुक्तानी कारोबार फछर्यौट भइसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।