सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो हस्पिटलबीच सम्झौता पत्रमा हस्ताक्षर


सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट अपोला सूचना केन्द्रको प्रमुख कार्यकारी अधिकृत तथा दुगड ग्रुपको उपाध्यक्ष अभिषेक दुगरले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अपोलो हस्पिटलले बैंकका गा्रहक तथा कर्मचारीहरुलाई १० प्रतिशत सम्म छुट प्रदान गर्नेछ । साथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, न्यु दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका स~जालहरुमा समेत यी सबै सुबिधा उपलब्ध रहेको बताइएकाे छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।