तीनदिनदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ बुधबार घट्यो, युरोमा पनि गिरावट


तीनदिनदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ बुधबार घटेको छ । आइतबार सोमबार र मंगलबार खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसामा कारोबार भएको अमेरिकी डलरको भाउ बुधबार खरिद दर १३३ रुपैयाँ र बिक्री दर १३३ रुपैयाँ ६० पैसामा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा रहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, बुधबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १२ पैसा र बिक्री दर १६९ रुपैयाँ ८८ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ७४ पैसा र बिक्री दर ८९ रुपैयाँ १४ पैसा रहेको छ । बुधबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३४ पैसा र बिक्री दर २८ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४६ पैसा र बिक्री दर ३५ रुपैयाँ ६२ पैसा रहेको छ । बुधबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७६ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८० पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।