क्लासिक टेक लगायत एक दर्जन बढी कम्पनीलाई १५ दिनभित्र बक्यौता रकम दाखिला गर्न निर्देशन


आन्तरिक राजश्व विभागले क्लासिक टेक लगायत एक दर्जन बढी कम्पनीलाइ बक्यौता रकम दाखिदा गर्न निर्देशन दिएको छ । विभागले आयकर र मूल्य अभिवृद्धि कर नबुझाउने कम्पनीलाइ १५ दिनको अल्टिमेटम दिएको हो ।

करदाताहरुलाई कर बक्यौता रकम दाखिला गर्न विभिन्न मितिमा फोन सम्पर्क, एसएमएस, इमेल तथा पत्राचार गरी कर दाखिला गर्न भनेको र कार्यालयबाट कारोबार स्थलमा संकलन भ्रमण गर्दा बक्यौता रकम दाखिला नभएकोले सार्वजनिक सूचना निकालेर १५ लिनको समय दिएको विभागद्वारा जारी सूचनामा भनिएको छ ।

जारी सूचनामा भनिएको छ “यसै सूचनालाई समेत आधार मानी कर बक्यौता हुनु नपर्ने कुनै प्रमाण भए सो प्रमाण पेश गरी वा रकम बैक दाखिला गरी बक्यौता फरफारक गर्न सूचना प्रकाशन गरिएको छ । ”

बक्यौता रकम नबुझाउनेमा क्लासिक टेक प्रालि, क्वालिटी फुड एण्ड स्न्याक्स इण्डष्ट्रिज, ए टु जेड इन्फ्रा इन्जिनियरिङ्ग, गुड शेर्पा कन्स्ट्रक्सन, क्वालिटी डाईट एण्ड फुड प्रोडक्ट्स, गजुरमुखी निर्माण कम्पनी, बालाजी एनपी, मंगलम युनिर्भसल प्राइभेट लिमिटेड लगायत १४ कम्पाी रहेका छन् ।

विभागले १५ दिन भित्र बक्यौता रकम नबुभाएमा आयकर ऐन २०५८ को दफा १०४ देखि दफा १११ सम्म तथा मूल्य अभिवृद्धि कर बक्यौताको हकमा मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २१ मा बमोजिम कानूनी कारवाहीबाट असुल गरिने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।