असारदेखि भाडा नबुझाउने टिभी र इन्टरनेटका तार हटाउँदै नेपाल टेलिकम


नेपाल टेलिकमले कोशी प्रदेशभित्र भाडा नबुझाउने केवल टिभी अपरेटर र इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीहरूको तार हटाउने भएको छ । टेलिकमले जेठ महिनाको अन्तिमसम्म पनि भाडा भुक्तानी नगरी पोल प्रयोग गर्ने सेवा प्रदायकहरुको तार हटाउने भएको हो ।

टिभी र इन्टरनेट कम्पनीहरूले पोल प्रयोग गर्न तुरुन्त सम्झौता गरी अनिवार्य रूपमा आर्थिक वर्ष २०८०\८१ सम्मको पोल भाडा बापतको रकम मिति २०८१ ज्येष्ठ मसान्तभित्र बुझाउन सूचनामा उल्लेख गरेको छ ।

यस्तै टेलिकमले सार १ गतेदेखि कुनै पनि समयमा टेलिकमको पोलबाट हटाउन सक्ने भएकोले सोबाट उत्पन्न हुने परिस्थितिका लागि सेवा प्रदायक स्वयं नै जिम्मेवार हुनु पर्ने बताएको छ ।

जारी सूचनामा भनिएको छ, “सम्झौता तथा भाडा भुक्तानी नगरी पोल प्रयोग गर्न सेवा प्रदायकहरूको केबलहरू यस कम्पनीले २०८१ असार १ गतेदेखि कुनै पनि समयमा टेलिकमको पोलबाट हटाउन सक्ने र सोबाट उत्पन्न हुने परिस्थितिका लागि सेवा प्रदायक स्वयं नै जिम्मेवार हुने जनाएको छ ।”

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।