नेप्से २ हजार १३१ अंकमा, बैंकिङ क्षेत्रमा आकर्षण कायमै


बुधबार बजारको परिसूचक नेप्से १५.५४ अंक बढेर २१३१ मा पुगेको छ ।  मंगलबार ५ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब ६८ करोडको भएको हो ।

आज ३१८ वटा कम्पनीको शेयर कारोबार हुँदा ८१ वटा कम्पनीको शेयर मूल्य बढको छ भने १६१ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स ५.०६ अंकले, फ्लोट इन्डेक्स १.५३ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२४ अंकले बढेको छ । आज सबैभन्दा धेरै बैंकिङ समूह ४.२३ प्रतिशत बढेको छ । विकास बैंक ०.३३, होटल तथा पर्यटन १.९० प्रतिशत बढेको छ भने ब्यापार ०.०३, अन्य ०.६१, निर्जीवन बीमा ०.६०, माइक्रोफाइनान्स १.१, उत्पादन ०.१५, जीवन बीमा ०.५९, हाइड्रोपावर ०.८८ र फाइनान्स समूह १.३४ प्रतिशत घटेका छन् ।

आज सामुदायिक लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्को छ भने एनएमबी बैंकको ८.४, कृषि विकासको ७ तथा नबिल बैंकको ६.८८ प्रतिशत मूल्य बढेको छ ।
यस्तै मानुषी लघुवित्तको ८, मध्यभोटेकोशीको ६.६, समाज लघुवित्तको ५.३, पिपुल्स पावरको ४.८, रिभरफल्स पावरको ४.७ प्रतिशत मूल्य घटेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।