बिहीबार पनि घट्यो डलरको भाउ


अमेरिकी डलरको भाउ बिहीबार पनि घटेको छ । मंगलबार ४ पैसाले घटेको डलर बिहीबार पनि ४ पैसाले ने घटेको हो।  बिहीबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसामा कारोबार भइरहेको छ । बुधबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ र बिक्री दर १३३ रुपैयाँ ६० पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०७ पैसा र बिक्री दर १६९ रुपैयाँ ८३ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५४ पैसा र बिक्री दर ८८ रुपैयाँ ९४ पैसा रहेको छ । बिहीबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३३ पैसा र बिक्री दर २८ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४५ पैसा र बिक्री दर ३५ रुपैयाँ ६१ पैसा रहेको छ ।  बिहीबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७७ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।