प्राइम बैंकको ६ महिनाको नाफा एक अर्ब ३० करोड, ईपिएस १८% बढ्यो

0
Shares

प्राइम कमर्सियल बैंक (PCBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आर्थिक वर्षको यसै अवधिको भन्दा २२.६१ प्रतिशतले नाफा बढाएको छ। बैंकले यस अवधिमा एक अर्ब ३० करोड ७ लाख नाफा गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले एक अर्ब ६ करोड ८ लाख नाफा कमाएको थियो । बैंकको तीन महिना अवधिको वितरणयोग्य मुनाफा ८६ करोड ५९ लाख छ ।

बैंकले ८० अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरि ८० अर्ब ९१ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको निक्षेप ४.३० प्रतिशत तथा कर्जा ११.५४ प्रतिशतले बढेको छ । जसबाट २ अर्ब १६ करोड बढी रकम खुद ब्याज आम्दानी आर्जन गरेको छ। खुद ब्याज आम्दानी करिब २२.१४ प्रतिशत धरै हो ।

बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड रुपैयाँ छ भने विभिन्न कोषमा गरेर जगेडा कोषमा करिब ६ अर्ब रकम जम्मा भएको छ।

बैंकको प्रति शेयर आम्दानी २६ रुपैयाँ ८६ पैसा छ । खराव कर्जा केहि प्रतिशत विन्दुले घटेर १.४५ प्रतिशतमा झरेको छ। बैंककोे मूल्य आम्दानी अनुपात ९.६८ गुणा, प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ४१ पैसा, , आधार ब्याजदर ९.४५ प्रतिशत, कोषको लागत ७.६५ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १३.२३ प्रतिशत र सीसीडि ७६.५४ प्रतिशत रहेको छ ।

बैंकले कैलाश विकास बैंकलाइै एक्वायर गर्ने क्रममा रहेको छ ।

प्रकाशित मिति: १९ माघ २०७६, आइतबार  ०८ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।