सुन भण्डारण गर्ने रणनीतिको प्रभावले सुन र चाँदी दुवैको मुल्यले राख्यो रेकर्ड माथि रेकर्ड


यो साता पनि बिश्व बजारमा सुन तथा चाँदी दुवैको मुल्य उच्च दरले बढेर पुनः नयाँ रेकर्ड कायम गरेको छ । सुन भण्डारणमा लगानी बढाउने चिनको रणनीतिसँगै मुल्यमा चाप परेको बिश्लेषकहरुले तर्क गरेका छन्।

साताको पहिलो दिन आइतबार र दोस्रो दिन शोमबार दुवै दिन मुल्यले एक पछि अर्को उचाई कायम गर्दै त्यस पछिका दिनमा भने मुल्य घटेको छ ।

नेपाली बजारमा पनि यो साता सुनको मुल्यले नयाँ उचाई कायम गरेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँ रहेको सुनको मुल्य साताको दोस्रो दिन हालसम्मकै उचाईमा पुगेर प्रतितोला १ लाख ४१ हजार ८०० रुपैयाँमा नयाँ रेकर्ड राख्यो ।

त्यस पछिका दिनमा भने क्रमशः घटेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला सुनको मुल्य १ लाख ३६ हजार ९०० रुपैयाँ कायम भयो ।

यो मुल्य साताको पहिलो दिनको तुलनामा प्रतितोला ४ हजार बढी हो । यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ हजार ९१० रुपैयाँ रहेको मुल्य साताको दोस्रो दिन रेकर्ड राख्दै प्रति तोला १ हजार ९४० रुपैयाँ पुग्यो ।
जुन त्यस पछिका दिनमा भने घटेर पछिल्लो दिन शुक्रबार प्रतितोला १ हजार ८५५ रुपैयाँ कायम भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।