एक्सेल डेभलपमेन्ट बैंकको बोनस घोषणा

0
Shares

एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई बोनस घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको माघ १८ गते सम्पन्न बैठकले १८ प्रतिशत लाभांशमा १७.१० प्रतिशत बोनस र ०.९० प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित बोनस राष्ट्र बैंकको स्वीकति तथा बैंकको आगामी साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीलाई वितरण हुनेछ ।

हाल ६९ करोड २६ लाख ७३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको ११ करोड ८४ लाख बोनस पश्चात बैंकको चुक्ता पूँजी ८१ करोड ११ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।

अघिल्लो आर्थिक वर्षको नाफाबाट बैंकले १७ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो।

प्रकाशित मिति: १९ माघ २०७६, आइतबार  १० : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।