सोमबार सुनको भाउ सामान्य बढ्यो


सोमबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँ बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार स्थिर रहेको सुनको भाउ आज ३०० रुपैयाँ बढेको हो ।

सोमबार छापावाला सुनको भाउ १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजाबी सुनको भाउ १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुन १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ आइतबार पनि १ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य सोमबार प्रतितोला २५ रुपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ३४४ दशमलव ३६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ८१ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ जेठ २०८१, सोमबार  १० : ३९ बजे