सुनको भाउ दुईदिनमा प्रतितोला ७०० रुपैयाँ बढ्यो


मंगलबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँ बढेको छ । सोमबार प्रतितोला ३०० रुपैयाँ बढेको सुनको भाउ मंगलबार ४०० रुपैयाँले बढेको हो ।

मंगलबार छापावाला सुनको भाउ १ लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुनको भाउ १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको भाउ १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ सोमबार १ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ३५१ दशमलव ५१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ डलर ७३ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।