बक्यौता लाभकर नर्तिदासम्म एनसेललाई थप फ्रिक्वेन्सी नदिन लेखाको निर्देशन

0
Shares

संघीय संसद अन्तरगतको सार्वजनिक लेखासमितिले एनसेललाई बक्यौता पूँजीगत लाभकर नतिरेसम्म थप फ्रिक्वेन्सी नदिन निर्देशन दिएको छ ।

आइतबार (१९ माघ) बसेको समितिको बैठकले सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर तिरेपछि मात्रै एनसेललाई सो फ्रिक्वेन्सी दिन निर्देशन दिएको छ । नेपाल दूरसंचार प्राधिकरणले एनसेललाई १८ सय व्याण्डको ९ मेगाहर्ज फ्रिक्वेन्सी दिने प्रक्रिया अगाडि बढाइरहेको अवस्थामा समितिको यस्तो निर्देशन आएको हो ।

एनसेलले पूँजीगत लाभकर वापत ब्याज सहित सरकारलाई बुझाउनु पर्ने कुल २२ अर्ब ६४ करोड कायम भएकोमा हालसम्म ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको छ । एनसेलले १८ अर्ब १४ करोड पूँजीगत लाभकर बुझाउन बाँकी छ ।

केही दिन अगाडि मात्रै प्राधिकरणले ठूला करदाता कार्यालयमा पत्राचार गर्दै एनसेलले तिर्नु बुझाउनु पर्ने कर तिरेनदिएको जानकारी मागेको थियो । यता ठूला करदाता कार्यालयले पछिल्लो डेढ महिनादेखि एनसेल उपर कुनै निर्णय नगर्दा प्राधिकरणले थप फ्रिक्वेन्सी रोकि राखेको थियो ।