ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा खटाइने


गृहमन्त्री रवि लामिछानेले मापसे कारबाहीमा परेकालाई स्वयंसेवकको रुपमा सडकमा खटाइने बताएका छन् ।  उनले मंगलबार सामाजिक सञ्जालमा एक स्टाटस राख्दै ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा काम गर्नुपर्ने बताएका हुन् ।

गृहमन्त्री लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने र त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने व्यवस्था ल्याएका हुन् ।

गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।